नियम ३६क
अवधि नपुग्दै सरुवा गरिएमा दिइने सुविधा
(१) ऐनको दफा १८ को उपदफा (३) बमोजिमको अवधि नपुग्दै कुनै निजामती
कर्मचारीलाई सरुवा गरिएमा सोही दफाको उपदफा (८) को प्रयोजनको लागि त्यस्तो कर्मचारीलाई नया“ ठाउ“मा वन्दोवस्त गर्नको
लागि निजले खाइपाई आएको एक महिनाको तलब बराबरको रकम दिईनेछ ।
(२) उपनियम (१) बमोजिमको रकम त्यस्तो निजामती कर्मचारी कार्यरत साविकको कार्यालयबाट नै भुक्तानी दिइनेछ ।
(३) ऐनको दफा १८ को उपदफा (३) बमोजिमको अवधि नपुग्दै कुनै निजामती कर्मचारीको सरुवा गर्दा ऐनको दफा १८ को
उपदफा (८) बमोजिमको नया“ ठाउ“मा बन्दोवस्त गर्नको लागि रकम पाउने वा नपाउने विषय सरुवापत्रमा नै स्पष्ट रुपमा उल्लेख गर्नु
पर्नेछ र यस नियम बमोजिमको रकम माग गर्दा सरुवापत्रको प्रतिलिपि समेत पेश गर्नु पर्नेछ ।